झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, ३ असार । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । विहिबार नेप्से १.३० अंकले घटेर २९६८.४२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर किनबेच भएका छन् ।

बुधबारको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधबार २१९ कम्पनीको १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँ बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर किनबेच भएका थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहकोे परिसूचक सबैभन्दा धेरै २.०१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.२१ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यसको ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३० करोड र नेपाल इन्स्योरेन्स २७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here