मेलम्ची बाढीपीडितलाई काठमाडौं महानगरले दुई करोड दिने

काठमाडौं, ३ असार । सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ।

काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।

मंगलबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सहयोग गर्न लागेको महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका बासिन्दाले मेलम्चीबाट ल्याइएको खानेपानी उपभोग गरिरहेका छन्। खानेपानीको मुहान हेलम्बु गाउँपालिकामा पर्दछ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिकाको विपत् राहत कोषमा १० लाख र हेलम्बु गाउँपालिकाको विपत् राहत कोषमा १० रुपैयाँ जम्मा गर्ने निर्णय निर्णय गरिसकेको छ। यसअघि गोकर्णेश्वर नगरपालिकाले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here