थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त

काठमाडौं, ३ असार । पछिल्लो २४ घण्टामा देशभर २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७१७१ जनाको पीसीआर १७६८ जना जना ४७७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८३९ जना गरि २६०७ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ६१७२५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here