सुनको भाउ तोलाको १२ सय घट्यो

काठमाडौं, ४ असार । सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।

शुक्रबार सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here