सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०/५० लाख दिने काठमाडौं महानगरको घोषणा

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई पचास/पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको जन–धनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्यो रकम सहयोग गर्ने घोषणा गरेको मेयर शाक्यले जानकारी दिए ।

मेलम्ची नगरपालिका काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो । मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here