सिन्धुपाल्चोक बाढीपीडितलाई आयल निगमले दियो ग्यास सिलिण्डर र चुलो

काठमाडौं ४ जेठ । नेपाल आयल निगमले सिन्धुपाल्चोकको बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका हुन् ।

निगमले शुक्रबार राहत स्वरुप बाढी पीडितलाई एक–एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको निगमले जानकारी दिएको छ ।

निगमले एक–एक थान सिलिन्डर, ३० वटा चुलो र केही खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here