थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त

काठमाडौं, ४ असार । पछिल्लो २४ घण्टामा देशभर २७६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५६९ जनाको पीसीआर १९६३ जना ५४६८ जनाको एन्टीजेन परीक्षण गर्दा ८०५ जना गरि २७६८ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here