एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा ल्यायाे जनता बैंकले

काठमाडौं, ३० जेठ । जनता बैंकले बुधबार एकै साथ ६ वटा नयाँ शाखाहरु सञ्चालना ल्याएको छ ।
बैंकले काठमाडौं उपत्यकामा ३ र उपत्यका बाहिर ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको हो ।

बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलेको बताएको छ ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखेका थिए ।

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उद्घाटन गरे ।

विस्तार गरिएका नयाँ शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराउने बैंकले जनाएको छ ।

तनहुँको डुम्रेमा शाखा उद्घाटन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।

स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएको पनि बैंकले बताएको छ।

यससँगै जनता बैंकको शाखा संजाल १३५ पुगेको छ । त्यस्तै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत पनि सेवा दिइरहेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here