कोरोनाबाट थप ३४ को मृत्यु, २४०१ मा संक्रमण पुष्टी

५ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको तथ्यांक छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ८९।३ प्रतिशत रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here