विदेशमा हजारौं नेपाली नियमित उडान खुल्ने पर्खाइमा, खुलेका गन्तब्यमा सिण्डिकेट

काठमाडौं, ५ असार । सरकारले अन्तर्राष्ट्रिय उडानमा लामो समयदेखि कायम राखेको प्रतिवन्धका कारण नेपाल आउने पर्खाइमा रहेको हजारौं नेपाली अलपत्र परेका छन् । खासगरि खाडी मुलुकबाट हजारौं नेपालीको यात्रा रोकिएको छ ।

तर, सरकारले नियमित उडानमा कडाई गरि सिमित संख्यामा कतार, टर्की र भारतमा उडान खोलेको छ । यसले सिण्डिकेट बढेको भन्दै व्यवसायले विरोध जनाएका छन् । पर्यटन व्यवसायी ध्रुव सिंखडा नियमित उडान खोलेको भनिए पनि एक दुई वटा ट्राभल एजेन्सीले मात्र चार्टर्ड मुल्यमा टिकट बेचिरहेको बताउँछन् । उनले यस विषयमा पर्यटन क्षेत्रका छाता संगठनले आवाज नउठाएको भन्दै विरोध समेत गरेका छन् ।

उता, सोट्टो नेपालले ले नियमित उडान सहज बनाउन पहल गरिरहेको बताएको छ । यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण समेत गराएको सोट्टो नेपालको भनाई छ ।

सरकारले अन्तर्राष्ट्रिय उडान सहज बनाउनेबारे गृहकार्य नै नगरेपछि विदेशमा रहेका नेपालीमा आक्रोस समेत बढेको छ । संसारमा एउटै रंगशालामा ८० हजार मानिस बचेर खेल हेर्न थालिसके, दुबईबाट नेपाल फर्कन उडान कुरिरहेका गुल्मीका यज्ञ खत्रीले भने नेपालमा न खोप दिन्छ, जहिले पनि प्रतिवन्ध मात्र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here