शाओमीको रेडमी नोट १० एस बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । शाओमीको रेडमी नोट १० एस फोन बजारमा भित्रिएको छ । शाओमीको नेपालका लागी आधिकारिक विक्रेता नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको हो ।

रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । यो क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुन पहिलो उपकरण हुनेछ जुन अहिले सम्मकोेछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेको बताए ।

हालै सार्वजनिक गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया प्राएसँगै रेड नोट १० एसलाई बजारमा ल्याएको हो ।

यस्ता छन् रेडमी नोट १० विशेषता

रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आएको छ । जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ ।

११८ डिग्रीको फिल्ड अफ भ्यू विशेषताले ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै खिच्न सकिन्छ । रेडमी नोट १० एसमा भएको १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराबाट फोटो कैद गर्न जिवन्त सकिन्छ ।

रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ ।

रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो ।

विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिक्रियाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र काम गर्दा कुशलता प्रदान गर्दछ ।

रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ ।

रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ । स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ ।

रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले करिब ७८ मिनेटमफुल चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ ।

रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायम गर्दै कर्निग गोरिल्ला ग्लासको साथ उपलब्ध छ जसले तपाईँको फोन झरेर कोरिन वा फुट्नबाट बचाउछ ।

आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध रहेको छ ।

एलपीडीडीआर ४ एक्स र्याम भएको फोन डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक गरी ३ फरक रङमा उपलब्ध छन् । यो फोनको मूल्य ६ जीबी र ६४ जीवीको मूल्य २५ हजार रुपैयाँ पर्छ । त्यस्तै ६ जीबी र १२८ जीवीको २७ हजार रुपैयाँ पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here