बैंक तथा वित्तिय संस्थालाई आलोपालो प्रणाली, भीडभाड गरे कारबाही

संकेतिक तस्विर

काठमाडौं, ७ असार । काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो बनाउदै सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थालाई आलोपालो प्रणाली अनुसार चल्न दिने निर्णय गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञाको लागि उक्त निर्णय गरेको हो ।

विकास निर्माण र सार्वजनिक सेवासँग सम्बद्ध सरकारी निकायले न्यूनतम जनशक्ति मात्र प्रयोग गरि संचालन अनुमति पाएका छन् ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु भने पूर्ण रुपमा खोल्न पाइने छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भने भिडभाड नगरेर सेवा दिन पाइने भएको हो ।

धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरुलाई न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्वन गरी संचालन गर्न अनुमति दिने निर्णय भएको छ ।
निजी सवारीको जोरबिजोर उपत्यकामा मात्र, काठमाडौं प्रवेश सहजै नपाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here