अधिकांश व्यवसाय बार अनुसार खोल्न पाउने, फुटपाथमा व्यापार सञ्चालन गर्न रोक

काठमाडौं, ७ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै लम्ब्याए पनि फुटपाथ र खुल्ला ठाउँमा व्यापार सञ्चालन गर्न रोक लगाएको छ।

अरु अधिकांश प्रकारका व्यवसाय बारअनुसार खोल्न पाउने भएपनि फुटपाथलाई भने तत्कालका लागि रोकेको प्रशासन कार्यालयले बताएको छ। निर्णयअनुसार तोकिएको तरकारी बजारबाहेक अन्य स्थानमा फुटपाथमा तरकारीसमेत बेच्न नपाउने भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here