१२ प्रतिशतसम्म बढ्याे गाडी भाडा, असार १ बाट लागु हुने

३० जेठ, काठमाडौं । सरकारले असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा भाडा १२ प्रतिशतसम्म बढाइएको हाे ।

‘कहाँको भाडा कति कति बढ्यो भन्ने बारेमा अहिल्यै भन्न सँकिदैन’ खनालले क्लाउडपत्रिकासँग भने, ‘दूरी अनुसार डिटेलमा भाडादर निर्धारणा गरेर भाेली बेलुका सम्ममा सार्वजनिक गर्छाैं ।’

सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यावसायीहरुले भाडा वृद्धिको माग गर्दै आएका थिए ।

इन्धनको मुल्यवृद्धि लगायत सार्वजनिक सवारी सञ्चालन खर्च बढेको अवस्थालाई मध्यनजर गर्दै प्राविधिक समितिको सिफारिसमा वैज्ञानिक तरिकाले भाडा बढाइएको र नयाँ भाडादर असार १ गतेदेखि लागु हुने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here