हुन्डाई प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here