प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, ७ असार । नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सोमबार सरुवा गरिएको हो।

सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी धिरजप्रताप सिंहको सरूवा भएको छ।

गण्डकी प्रदेशमा डीआईजी दिवेश लोहनी तथा प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको छ। सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा र उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ।

यस्तै, प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

एसएसपी मीरा चौधरीको प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवालीको नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारको नेपाल प्रहरी प्रदेश कार्यालय विरगञ्ज र जनकराज पाण्डेयको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा सरुवा गरिएको छ।

यस्तै गोविन्दकुमार साहको नेपाल प्रहरी प्रदेश कार्यालय धरान, कृष्णहरि शर्मा पोखरेलको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, हृदय थापाको प्रहरी प्रधान कार्यालय अन्वेशषण योजना तथा विकास निर्देशनालय, टेकबहादुर तामाङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नलप्रसाद उपाध्यायको राजमार्ग सुरक्षा तथा टाफिक महाशाखामा सरुवा भएको छ।

मन्त्रालयका अनुसार राजेन्द्र प्रसाद चौधरीको १ नम्बर प्रदेश प्रहरी कार्याल अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, दिपक थापाको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा महाशाखा, चन्द्रकुबेर खापुङको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बिक्रमबहादुर चन्दको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल र नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा गरिएको छ।

कसको कहाँ सरुवा ?

एसएसपी कसको कहाँ सरुवा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here