नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, ८ असार । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नियामक निकाय अर्थ मन्त्रालय, बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

संचालनमा आएको ६ वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको यो पहिलो पटक हो । हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पछि ११ अर्ब ६५ करोड पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here