शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा ३२ कम्पनीका लगानीकर्ता

काठमाडौं, ८ असार । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ ।

गत बुधबारदेखि ओरालो लागेको बजारमा मंगलबार भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७९.४३ अकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन्।

कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा जनकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् । अन्यको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भयो। कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको शेयर किनबेच भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here