थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना गरि ४५२२ जनामा संक्रमित पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here