नेपाल बैंकको सञ्चालकमा नियुक्त सुमन दाहालले लिए शपथ

काठमाडौं, ८ असार । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव दाहाललाई बैंकको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरिएको हो ।

उनलाई सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

शपथ ग्रहण कार्यक्रममाा सञ्चालक समिति अध्यक्ष मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

नियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नताव्यक्तगर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here