असार महिनाको पहिलो साता वाणिज्य बैंकको निक्षेप शून्य

काठमाडौं, ९ जेठ । कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ । पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् ।

कोरोना महामारीबीच असार महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुले कर्जा लगानी बढाएका छन् भने निक्षेप संकलन स्थिर रहेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुले असारको पहिलो सातामा कर्जा ४ अर्बले बढ्दा निक्षेप शून्य देखिएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । उक्त रकम जेठको अन्तिम सातामा ३६ खर्ब ४६ अर्ब रुपैयाँमा थियो ।

त्यस्तै, जेठको अन्तिम सातासम्ममा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकहरुले असारको पहिलो सातामा स्थिर रहेको छ ।

असार मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ३९ खर्ब ९१ अर्ब १ करोड रूपैयाँ निक्षेप थियो । असार ४ गतेसम्ममा यो घटेर ३९ खर्ब ९० अर्ब ९१ करोडमा खुम्चिएको छ ।

यता कर्जा भने ३ अर्ब ४२ करोड रूपैयाँले बढेर ३६ खर्ब ४९ अर्ब ५२ करोड रूपैयाँ पुगेको संघको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here