जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौं, ९ असार । जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार थुनामुक्त भएकी छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको बताइएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान थालेको थियो।

उनलाई कोठा नदिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । योभन्दा अगाडी प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here