उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं, ९ असार । साताको कारोबारको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबार नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे छाएको छ । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३३ प्रतिशतले घटेका छन् ।

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४२ करोड र राधी विद्युत् कम्पनी ३८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

यस्तै, मल्टी प्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here