आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ६४ करोड नोक्सान

काठमाडौं, १० असार । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य २ रुपैयाँ बढाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २७ रुपैयाँ, डिजेल तथा मट्टितेलको ११० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन ८२ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ५ रुपैयाँ ७५ पैसा, डिजेलमा ३ रुपैयाँ ५३ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा ६४ करोड घाटा हुनेछ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here