सन्तोषीको हत्या आरोपी सार्वजनिक, बलात्कारको प्रतिकार गर्दा हत्या

काठमाडौं, १० असार । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका-७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो ।

मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

त्यस लगेर जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरी हत्या गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here