शेयर किनबेचको सीमा १० पैसा कायम, प्रि-ओपनमा २ प्रतिशतभन्दा घटबढ गर्न नपाउने

काठमाडौं, १० असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गरेको छ । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई कार्यन्वयनमा ल्याउन बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ।

२०७५ को दोस्रो संशोधन अनुसार अब शेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने छ । हाल शेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गर्न लागेको हो ।

प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरुचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस्तै, बोर्डले प्रिसेसनमा कारोबार गर्दा २ प्रतिशतभन्दा धेरै मूल्य घटाउन/बढाउन नपाउने व्यवस्था गरेको छ । हाल प्रिसेसनमा एकैचोटी ५ प्रतिशत थप/घट गरेर कारोबार गर्न पाउने व्यवस्था छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।

परिवर्तन गरिएका व्यवस्था आवश्यक प्रक्रिया मिलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कार्यान्वयनमा ल्याउन बोर्डले जनाएको छ । यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

यो कहिलेदेखि लागु हुने भन्नेबारे नेप्सेले मिति तय गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here