दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा सिमित

काठमाडौं,१० असार । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १६.९६ अंकले घटेर २८४३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१९ कम्पनीको ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ५५.७६ अंकले घटेको छ भने निर्जीवन बीमा समूह १७७.२४ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घटेको बजारमा ङादी ग्रुप र नेपाल इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै, वरुण हाइड्रोपावर ४.६९, एनआरएन इन्फ्रास्टक्चर ४.४४, कर्णाली डेभलपमेन्ट बैंक ३.९३, एभरेष्ट बैंकको प्रिफरेन्स सेयरधनीले ३.७५, सीईडीबी हाइड्रोपावर, मल्टी प्रपोज फाइनान्स, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट कम्पनीका शेयरधनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३८ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ३५ करोड र अपर तामाकोशी करिब २९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here