थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, १० असार । पछिल्लो २४ घण्टामा देशभर २४७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३५ पीसीआर परीक्षणमा १५७७ र ४९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९९८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here