दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

कञ्चनपुर,१० असार । दोधारा चाँदनी नगरपालिकाको सातौं नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड १५ लाख १३ हजार रूपैयाँकाे बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा १३ करोड ४० लाख रूपैयाँ, शसर्त अनुदानमा १८ करोड ४२ लाख रूपैयाँ, राजश्व बाँडफाँडमा ८ करोड २४ लाख, समपूरक अनुदानमा २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट १९ लाख रूपैयाँ, प्रदेशबाट वित्तीय समानीकरणमा ९७ लाख रूपैयाँ रहेको बताए ।

प्रदेशबाट विशेष अनुदानमा ५३ लाख रूपैयाँ, प्रदेशबाट समपूरक अनुदानमा १ करोड १७ लाख ५४ हजार रूपैयाँ, आन्तरिक आम्दानीबाट ३ करोड १४ लाख २२ हजार रूपैयाँ, सडक बोर्डबाट ३५ लाख रूपैयाँ, गत वर्षको मौज्दातबाट ३ करोड ५० लाख र सामाजिक सुरक्षातर्फ १२ करोड रूपैयाँ गरी जम्मा ६२ करोड १५ लाख १३ हजार रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च २४ करोड ३४ लाख ६५ हजार रूपैयाँ र पुँजीगत खर्च ३७ करोड ८० लाख ४८ हजार रूपैयाँ रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here