मन्त्रीको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थस उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

लीलानाथ श्रेष्ठलाई काकानून, न्याय तथा संसदीय मामिला भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरणस युवा तथा खेलकुदस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसँगै कृषि तथा पशुपन्छी विकासस खानेपानीस सञ्चार तथा सूचना प्रविधि सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here