सामाजिक सुरक्षाको पैसा सेवा निवृत्त लगत्तै सबै फिर्ता, खाइपाई आएको सुविधा नघट्ने

काठमाडौं, ११ असार । सामाजिक सुरक्षा कोषले कतिपय व्यवस्थाको विरुद्ध निराधार टिकाटिप्पणी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कोषले विहिवार एक विज्ञप्ति निकाल्दै कोषको लाभ लिन ६० वर्ष नै पर्खनुपर्ने भन्ने बुझाइ तथा आरोप निराधार भएको जनाएको हो ।

निराधार टिकाटिप्पणी सार्वजनिक भउपछि २९ बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको यूनियनले सामूहिक विज्ञप्तीमार्फत कोष समक्ष विभिन्न १५ बुँदे माग पेश गरेका थिए ।

उक्त बुँदालाई सम्बोधन हुनेगरि जारी गरिएको विज्ञप्तिमा कोषले २०७८ असार मसान्तसम्म कोषमा आबद्ध भई योगदान गर्नेहरुको जागिर छाड्दा वा अवकाश हुँदा जुनसुकै समयमा वृद्धवस्था सुरक्षा योजनाको रकम एकमुष्ट लैजान पाउने व्यवस्था रहेको जनाएको छ ।

२०७८ साउनपछि योगदान गर्ने योगदानकर्ताको लागि समेत अवकाश हुँदाका वखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम समेत (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको जनाएको छ ।

यसैगरी अन्य अवकाश कोषमा रहेको पुरानो रकम समेत कोषमा अनिवार्य ल्याउनुपर्ने र सो रकम निकाल्नका लागि ६० वर्ष नै पखनुपर्ने र योगदान रकमको साँवा रकम नै प्राप्त नहुने टिकाटिप्पणी निराधार रहेको भन्दै कोषले श्रमिकले खाइपाई आएको सुविधा नघट्ने जनाएको छ ।

सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here