काठमाडौं, ११ असार । धितोपत्र बजारमा यस साता ४९ अर्ब बढीको कारोबार भएको छ ।
यो साता २३१ वटा कम्पनीको ५ लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर-खरिद बिक्री भएको छ ।
कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख ९ हजार ३४१ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा निकै कम हो ।
गतसाता ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार १४७ रुपैयाँको कारोबार भएको थियो भने १५ करोड १७ लाख सात चार सय ८२ कित्ता शेयर(खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिष्ट्रिलरी आदी परेका छन ।
पुँजीकरणका आधारमा भने यो साता टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको परेका छन् ।
शेयर सूचीकरणतर्फ भने यो साता प्रभु सेलेक्ट फण्ड, नेपाल इन्स्योरेन्स कम्पनी, कामना सेवा बिकास बैंक आदी सूचीकृत भएका छन् ।
यो साता नेप्से २८४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५२५.६४ अंकमा पुगेको छ ।