‘रिफर एण्ड अर्न’ मार्फत रु. १ लाखसम्म पुरस्कार दिंदै फोनपे

काठमाडौं, १४ असार । फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।

यसअन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ ।

दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रूपैयाँ पाउनेछन् भने यही असार ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले रू. १० हजार पाउने बताइएको छ ।

यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एक जनाले रू १ लाख जित्नेछन् । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्ने पनि फोनपेले जानकारी दिएको छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज स्वीकार गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक रु.१ हजार र साप्ताहिक रूपमा रु. २ हजार रूपैयाँ पुरस्कार छ ।

फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ ।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख भन्दा बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here