लोनमा कार किन्दै हुनुहुन्छ ? यी दुई कुरामा ध्यान दिनुस्

काठमाडौं, १५ असार । गाडी पहिला रहर भए पनि पछिल्लो समय आवश्यकता बन्दै गएको छ । व्यस्त जीवन शैली र सुरक्षित यात्राका लागि पनि कार किन्नु पर्ने वाध्यता हुन्छ । के तपाई पनि कार किन्ने सोंचमा हुनुहुन्छ ? कार किन्नका लागि विभिन्न बैकहरुले आकर्षक ऋण प्याकेजपनि ल्याएका छन् ।

कुन वित्तीय संस्थाले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउँछन् भन्ने बारेमा जान्नुभन्दा पहिले यी दुई कुरामा तपाईले ध्यान दिनैपर्छ ।

नेपालमा पछिल्ला दिनमा डिलरहरुले नै ऋण (लोन) दिएर गाडी बिक्री वितरण समेत हुने गरेको छ ।

तपाईले खरिदगर्ने कारको मासिक किस्ता कति हुन्छ र तपाईले खोज्नुभएको भुक्तानी मोड कस्तो हो त्यही अनुसार निर्णयमा पुग्नुपर्ने हुन्छ ।

यदि मासिक भुक्तानीमा ध्यान दिनु भएन भने तपाईं एक खराब ऋणी बन्ने सम्भावना हुन्छ । त्यसैले कार किन्दा होशियारी अपनाउनुहोस् । विशेषत लोनमा कार किन्दा दुई कुरामा ध्यान दिनुस् ।

लोनको लागत बुझनुस्

अटो लोन लिन जाँदा सबैभन्दा पहिला हेर्ने विषय भनेको वार्षिक ब्याज दर नै हो । कम्पनीहरुले बेला बखत ब्याजदरमा अफर ल्याइ रहेका हुन्छन् । त्यसमा सधै ध्यान राख्नुहोस् । यदी कम दरमा तपाईले कर्जा पाउनु भयो भने त्यसबाट दिर्घकालीन बचत गर्न सकिन्छ । आफ्नो आर्थिक अबस्था अनुसारको सवारी साधन छनोट गर्नुहोस् ।

लोनको अवधि

लोन भनेको ऋणको समयावधि हो, जसले तपाईंको मासिक भुक्तानी र वित्तीय सन्तुलनमा असर पार्न सक्छ । छोटो अवधिको मतलब अधिक मासिक भुक्तानी गर्नु पर्ने हुन्छ तर, यसमा कम व्याज भुक्तानी गरे पुग्छ । जति लामो हुन्छ त्यति नै धेरै ब्याज तिर्नुपर्ने हुन्छ त्यसैले सकेसम्म ऋणको लम्बाइलाई छोटो राख्न प्रयास गर्नुपर्छ । तपाईंले छोटो अविधीको ऋण लिनु भएको छ भने त्यसले समयको मात्रा समेत कम गर्छ ।

लामो–अवधिको अटो ऋण लिएर किनेको कार तपाईंले चाँडै बेच्नु पर्ने भयो भने, तपाईंले प्राप्त गर्ने मूल्यले तपाईंको बैंकलाई तिर्नुपर्ने रकम तिर्न समेत पुग्दैन । यदी तपाईंको कार चोरी भयो वा बिग्रियो भने, तपाईंको बीमाले गर्ने भुक्तानीले बाँकी ऋणको भुक्तान गर्न पर्याप्त हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here