बुटवलमा सामसुङको १४ औँ डिजिटल प्लाजा

बुटवल, ३१ जेठ । बुटवलमा सामसुङले १४ औं डिजिटल प्लाजाको सञ्चालनमा ल्याएको छ ।

सामसुङको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा बिहिबारदेखि बुटवलमा १४ औँ सामसुङ डिजिटल प्लाजाको सञ्चालनम आएको हो ।

सञ्चालनमा आएको सामसुङको डिजिटल प्लाजामा टि.भि., मोबाईल लगायतका सामसुङका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्ने बताईएको छ ।

बजारमा उच्च स्तरीय सामसुङका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको कम्पनीले जनाएको छ ।

नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’

१४ औँ सामसुङ डिजिटल प्लाजा बुटवलमा शुभारम्भ गर्दा गर्व महसुस भएको कम्पनीका प्रतिनिधिहरुले बताएका थिए ।

बुटवलमा केहि समय अगाडिनै सामसुङ डिजिटल प्लाजा खोल्ने लक्ष्य बनाएको भएपनि अहिले आएर उदेश्य पूरा भएकोमा प्रतिनिधिहरुले खुसि व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here