पर्यटक आवागमनमा गिरावट, ६ महिनामा ५८ हजार भित्रिए

काठमाडौं, १८ असार । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सन् २०२१ मा पर्यटक आवागमनमा गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन घटेको हो ।

तथ्यांक अनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्।

सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए।

यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस्तै मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन्। जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here