मनसुन सुरुभएसँगै बाढीपहिरोको त्रास, कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत

फाइलफोटो

काठमाडौं, १८ असार । बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।

बाढी,पहिरोको कारण मनसुन सुरुभएयता अहिले पनि पहाड होस या तराई आकाश हेरेर रात काट्न मानिस बाध्य छन भने पिडितले अहिलेसम्म समुचित राहत पाउन सकेका छैनन् ।

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढी पहिरोको त्रास बढ्ने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार मनसुन शुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ।

गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्तमा परेर ३० जना बेपत्ता भएका छन् भने अन्य ३० जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

जेठ २८ गतेबाट नेपालमा मनसुन भित्रिएको हो। त्यस अवधिदेखि यताको पाक्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भएका क्षतिको व्यवस्थापन र अबका दिनमा त्यसको न्यूनीकरणका लागि सामूहिक पहल गरिरहेको जनाएको छ।

सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङमा क्षति भएको प्राधिकरणले जनाएको छ। सार्वजनिक प्रतिवेदनअनुसार यी दुई जिल्लासहित मनसुनी प्रकोपका कारण देशका २६ जिल्ला प्रभावित बन्न पुगेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनले सामाजिक सञ्जालमा सार्वजनिक गरिेको भिडियोमा आफ्नै घरले पनि पहिरोको पूर्व संकेत गर्ने जनाएको छ । भिडियो अनुसार के हुन त पहिरोको पूर्व संकेत ।

-पहिरोको सम्भावित घरको भित्तामा चिरा पर्नु । परेको चिरा बढ्दै जानु ।

– मझेरी, पिँडी, आँगन भाँसिदै जानु ।

-घरका झ्याल, ढोका फाटिएर खोल्न अप्ठारो हुनु ।

-घरवरीपरिको जमिन भाँसिनु आदी पहिरो जानु पूर्वका संकेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here