सिभिल बैंकका सिइओ पोखरेलले गरे पदभार ग्रहण, ४ बर्षको कार्यकाल

काठमाडौं, १८ असार । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले शुक्रवारदेखी पदभार सम्हालेका छन् ।

बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले पोखरेललाई असार १८ गते देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

उनको कार्यकाल आगामी चार वर्षको लागी तय गरिएको छ ।

पदभार ग्रहणका क्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बताए ।

सो अवसरमा बैंकका अध्यक्ष इच्छाराज तामाङले पोखरेलले विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी बैंकको चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।

पोखरेल बैशाख १८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृत र दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए ।

पोखरेलको नेपालका विभिन्न बैंकहरुमा २४ को वर्षको अनुभव छ ।

त्यस्तै नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

सिभिल बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. ८८ अर्व ९४ करोडको निक्षेप र रु. ८३ अर्व ६० करोडको कर्जा विस्तार गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here