५ लाख पुग्यो वर्ल्डलिंकको ग्राहक,इन्टरनेट चलाउने ३ मध्ये १ जना वर्ल्डलिंकको सेवाग्राही

काठमाडौं, १८ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ ।

तिब्र रुपमा सेवा विस्तार गरेर यसै साता ५ लाख ग्राहक पुर्याएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने उनको दावी छ ।

वर्ल्डलिंकले नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ प्रयोग गर्दै आएको छ । वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत गरी नेपालका ७३ जिल्लामा पुगेको छ ।

यसै बिचमा वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । कम्पनीले आव २०७६/०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उक्तरदायित्व कार्यत्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको जानकारी समेत दिएको छ ।

दैनिक साढे १ लाख जनताले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको कम्पनीले जानकारी दिएको छ ।

बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । साथै ५ लाखको परिवार बनेको र यो विशाल आधार ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको जानकारी दिए ।

उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here