१० किसान परिवारको लागि आकर्षक प्याकेजसहित रोजगारी खुल्यो

काठमाडौं, १९ असार । बतास एग्रो बहुउद्देश्यीय कृषी परियोजनाले किसानको लागि आकर्षक प्याकेजसहित रोजगारी खुलाएको छ ।

एक सूचना जारी गर्दै जातीय समावेशीकरणको आधारमा १० किसान परिवारको लागि रोजगारी खुलाएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका भयर चौर वडा नं. २ मा रहेको कृषि उद्यममा गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ, ब्राह्मण, क्षेत्री र नेवार परिवारका लागि कोटा निर्धारण गरिएको छ ।

कृषिका विभिन्न पेशामा कृषक दम्पत्तीका लागि मासिक ३२ हजार तलबको ग्यारेन्टीसहित नाफाको ६० प्रतिशत हिस्सेदार बनाइने सूचनामा उल्लेख गरिएको छ ।

आवासीय सुविधा सहित कृषक दम्पत्तीले एक जर्सी गाई, १० जोडी चल्ला, भोटे कुकुर, बिरालो, हाँस, बाख्रा, मौरी, चार रोपनी जग्गा, घरायसी प्रयोजनका सबै भाँडाकुँडा तथा विद्युतीय सामग्री नि:शुल्क पाउने छन् ।

सवारीचालक अनुमति पत्र भएका कृषकका लागि ५० प्रतिशत अनुदानमा मोटरसाइकल उपलब्ध गरिदिने र बाँकी न्यूनतम ब्याजमा किस्ताबन्दीको सुविधा उपलब्ध गराइने अफरमा उल्लेख छ ।

४५ वर्ष ननाघेका १० जोडी किसानले बतास एग्रोमा जागिरको लागि सम्पर्क राख्न सक्नेछन् । उनिहरुले ७ लाख बराबरको दुर्घटना बमिा, ३ लाख बराबरको औषधि उपचार बिमा तथा ३ लाख ३० हजार रुपैयाँ बराबरको प्राकृतिक म्यादी बिमा सुविधा समेत पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here