पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक जना बेपत्ता

फाइलफोटो

काठमाडौं, २४ असार । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन्।

पहिरोमा परेर सात जना घाइते भएका छन्। तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका प्रहरीले जनाएको छ । स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।

पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here