विश्वभर कोरोनाको ३ अर्ब ३२ करोड डोज खोप लगाइयो, धेरै चीनमा

काठमाडौं । विश्वभर ३ अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
कोरोनाविरुद्ध खोप लगाउनेमा चीन विश्वमै अगाडि रहेको छ । चीनमा १ अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । यस्तै, अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

ब्राजिलमा १० करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा ८ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ७ करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

पोल्याड ६ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ५ करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ५ करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ५ करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here