एक वर्षमा कति परे कालोसूचीमा ? चेक बाउन्सका कारण सबैभन्दा धेरै

काठमाडौं, २६ असार । पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएको पाईएको छ ।

कर्जा सूचना केन्द्रको चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा मात्रै ६ हजार १ सय २५ जना ऋणी कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेको यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १५०० बढी हो । आर्थिक वर्ष २०७६/७७ मा कुल ४ हजार ६ सय २० जना ऋणी कालोसूचीमा परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८ सय ३७ जना ऋण कालोसूचीमा परेका थिए ।

चेक बाउन्सका कारण सबैभन्दा धेरै

कालोसूचीमा परेका मध्ये सबैभन्दा धेरै चेक बाउन्सका कारण रहेका छन् । केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा परेका मध्यको ७५ प्रतिशतको कारण चेक बाउन्स रहेको छ ।

चालु आर्थिक वर्ष कालोसूचीमा परेका ६ हजार १ सय २५ जना ऋणीमध्ये ७६ प्रतिशत अर्थात ४ हजार ६ सय ५७ जना ऋण चेक बाउन्सका कारणले कालोसूचीमा परेका छन्  । बाँकी १ हजार ४ सय ६८ जना कर्जा नतिरेका कारण कालोसूचीमा परेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कालोसूचीमा परेका कुल ४ हजार ६ सय २० जना ऋणीमध्ये ७४ प्रतिशत अर्थात चेक बाउन्सका कारण कालोसूचीमा परेका थिए ।

आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा कालोसूचीमा परिन्छ  । यसरी दुई वा सोभन्दा बढी पटकसम्म बैंकबाट पैसा निकाल्न नपाएपछि चेक लिने मानिसले चेक काट्नेलाई चेक बाउन्सको कसुरमा कालोसूचीमा राख्ने उजुरी गर्न सक्छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here