माओवादी केन्द्र वैधानिक, एमालेमा गएकाले दिएको दल दर्ता खारेज अस्वीकृत

काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ।

पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो ।

आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी दल दर्ता खारेजीको माग अस्वीकार गरेको हो ।

रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरू निकट समूहले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए।

पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले गएको बुधवार आयोगमा निवेदन दिनुभएको थियो । निवेदनको सुनुवाइबारे बुझ्न नेताहरू आयोगमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here