नेप्सेमा उछाल आउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, २७ असार । शेयर बजारमा उछाल आएको छ । बिहीबारदेखि उकालो लागेको बजार आइतबार ७४.७१ अकले बढेर २८९९.८२ विन्दुमा पुगेको हो ।

त्यसदिन लगानीकर्ताको रोजाइका बैकको शयेर परेको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । एनआइसीको ३९ करोड ९६ लाख ११ हजार ५९५ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा नबिल बैकको शेयर परेको छ । नबिलको २५ करोड ८१ लाख ८२ हजार १४० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

नेपाल बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । नेपाल बैंकको २४ करोड ४३ लाख ८४ हजार ६०० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । निफ्राको १८ करोड ७८ लाख ४५ हजार ६४२ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा मञ्जुश्री फाइनान्सको शेयर परेको छ । मञ्जुश्रीको १७ करोड ६७ लाख ५१ हजार १२५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा २५ कम्पनीका लगानीकर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here