सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

१२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेको समयमा उक्त घटना भएको बताइएको छ ।

त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ ।

मृत्यु हनेमा अधिकांश युवा रहेको बताईएको छ ।

सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ ।(बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here