प्रधानमन्त्री बन्दै देउवा, तत्काल सानो आकारको मन्त्रीमण्डल गठन गर्ने

फाइलफोटो

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो देउवालाई मंगलबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् । आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here