युनियन लाइफको आइपीओमा रेकर्ड ब्रेक, कतिले भरे ?

काठमाडौं, २९ असार । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ किर्तिमान राखेको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपीओमा हालसम्मकै उच्च २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले आवेदन दिएका छन् । सोमबार साँझ ५ बजेसम्ममा ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन परेको हो ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५.९१ गुणा बढी आवेदन हो । आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता र ५८ लाख ५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी ९बीबीबी’ रेटिङ० दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here