बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here