‘जनादेश मेरो पक्षमा थियो, म परमादेशले सरकारबाट बाहिरिँदै छु’ – ओली

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले भन्दापनि परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका छन् ।

सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले भने जनादेशले होइन, परमादेशले सरकारबाट बाहिरिदैछु । जनादेश मेरो पक्षमा नै थियो । तर संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताए ।

सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु ।

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए । उनले भने,‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधिरित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बनने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here